बिरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने

Published On: Tuesday, December 3, 2019 | Source: NRNA DENMARK

आदरणीय डेनमार्क बासी दाजुभाई दिदी बहिनीहरुमा सादर नमस्कार

प्रस्तुत् बिषयमा हालसालै भारतले जारी गरेको नयॉ नक़्शाका कारण नेपालको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा जस्ता अभिन्न भू-भाग अतिक्रमण गरिएको देखिएकोमा ग़ैर आवासीय नेपाली संघले कडा बिरोध जनाएको छ! यस अन्तर्गत विश्वका सबै राष्ट्रहरुमा रहेको राष्ट्रिय समन्वय परिषदहरुले आ-आफ्ना देशमा रहेका भारतीय नियोग अथवा दुतावासमा बिरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेकोमा राष्ट्रिय समन्वय परिषद डेनमार्कले पनि तपशिलको मिति समय र स्थान मा (भारतीय दुतावासको अगाडी) बिरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम आयोजना गरेकोले नेपाली झन्डा तथा प्लेकार्ड सहित उपस्थित भई दिनुहुन डेनमार्कबासी तमाम् राष्ट्रप्रेमी नेपाली दाजुभाई दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं l

तपशिल

मिति - ११ डिसेम्बर २०१९, बुधबार


समय - १४ -१६ बजे


स्थान- Embassy Of India,Vangehusvej 15
2100, Copenhagen, Denmark

 


भवदीय
ग़ैर आवासीय नेपाली संघ डेनमार्क