डेनिस अध्यागमन सम्बन्धमा अन्तर्किया

Published On: Friday, January 24, 2020 | Source: NRNA DENMARK
डेनिस अध्यागमन सम्बन्धमा अन्तर्किया

यस गैर आवासीय नेपाली संघ डेनमार्कले यही १९ जनवरी २०२० मा डेनमार्कवासी नेपालीहरु बीच परेका क़ानूनी समस्याका बारेमा डेनिस अध्यागमन क़ानूनका विज्ञ Aage Kramp संग एक अन्तर्किया कार्यक्रमको आयोजना गरेको थियो । कोपेनहेगनको इनर्जी सेन्टर, भोल्ड पार्केनमा आयोजित उक्त कार्यक्रममा Lawyer Aage Kramp ले समसामयिक डेनिस अध्यागमनका बारेमा प्रकाश पार्नु भएको थियो I

करिब ८० जना भन्दा बढी सहभागी भएको उक्त कार्यक्रममा सहभागी हरुले आ-आफ्ना समस्याहरु वकिलको अगाडी राखेर सहयोग लिने अवसर प्राप्त गर्नु भएको थियो I
बिद्दार्थी,ग्रिनकार्ड ,वर्क परमिट तथा परमानेन्ट रेसिडेन्सको बारेमा विशेष छलफल भएको उक्त कार्यक्रम का सहभागी हरुले उपयोगी कार्यक्रमको संज्ञा दिदैं एनआरएनए डेनमार्क लाई धन्यवाद दिएका थिए!

समय समयमा नेपाली समाज डेनमार्कलाई यस किसिमका निःशुल्क क़ानूनी परामर्श सेवा प्रदान गरेको मा एनआरएनए डेनमार्क को तर्फबाट भू पू अध्यक्ष श्री मोहन राज मिश्र द्वारा वकिल Kramp लाई सम्मान स्वरुप खादा र गिफ़्ट प्रदान गरिएको थियो I

यस वर्ष तीन चरणमा गरिने योजना रहेको उक्त क़ानूनी परामर्श सेवा कार्यक्रम आगामी समय मा पनि निरन्तर गरिनेछ I
यसै गरि आगामी २ फेब्रुवरी २०२० मा एनआरएनए डेनमार्कको क्षेत्रीय समिति, साउदर्न डेनमार्कले पनि वकिल Aage Kramp संग ओडेन्समा डेनिस अध्यागमन सम्वन्धी अन्तर्कियाको आयोजना गर्ने भएको छ I

 

गैर आवासीय नेपाली संघ डेनमार्क