गो ब्याक इण्डिया

Published On: Monday, November 11, 2019 | Source: NRNA DENMARK
नेपाली ढाकाटोपी लगाएका ब्यक्तिहरुको समुहले साढे २ बजेतिर एकाएक नेपाली झण्डा, ब्यानर तथा देशप्रेमले आतप्रोत भएका नारा लेखिएका पोस्टर निकाले । अनि भारतिय राजदुताबास कोपनहेगनको कार्यालय अघि उभिएर नारा लगाउन शुरु गरे ।

नेपाली सिमा भारतले मिचेको प्रति संसारभरका नेपालीको मन दु:खेको छ । त्यसकै बिरोध गर्न प्रतिकुल मौसमको बाबजुद डेनमार्कबासी नेपाली भारतिय राजदुतबास अगाडी पुगेर धर्ना दिदै बिरोधपत्र बुझाएका हुन् । छिमेकी देश भारतसले नेपाली सिमा मिच्दै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्साभित्र पारेपछी नेपाल र विश्वभर बिरोध भैरहेको छ । केही अघि भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमी समेटिए पछी ब्यापक बिरोध हुदै आएको छ ।

नेपाली सिमा नेपालको नक्साभित्र ल्याउन र कालापानीबाट भारतिय सेना हटाउनको लागि नेपाल सरकारलाइ दबाब दिन यसरी बिरोध प्रदर्शन भैरहेको छ । गैर आवासिय नेपाली संघ एनआरएनए डेनमार्कको संयोजन र अन्य संघ संस्थाको पहलमा कोपनहेगनमा बिरोध कार्यक्रम भएको हो ।