४५ जना विद्यार्थीहरुलाई २ हप्ताका लागि खाद्यान्न वितरण

Published On: Saturday, March 28, 2020 | Source: NRNA DENMARK

संसारभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले डेनमार्कमा पनि ठुलो क्षति पुर्याएको छ र उक्त भाइरसको संक्रमणबाट उत्पत्ति भएका समस्याहरुले विभिन्न स्ट्याटसमा रहने प्रवाशीहरुलाई झन् ठुलो असर गरेको छ।

डेनमार्कमा अध्यनको शिलशिलामा आउनु भएका नवआगन्तुक नेपाली बिद्यार्थीहरुको सामान्य जनजीवनमा यस महामारीले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याहरुलाई मध्यनजर गर्दै मिति २० मार्च २०२० मा एन आर एन ए डेनमार्कका अध्यक्ष श्री रबिन्द्र खड्का ज्यु को संयोजकत्वमा बसेको डेनमार्क स्थित सामाजिक तथा राजनैतिक संघ-संस्थाहरुको सामुहिक बैठकले तय गरेको निर्णयको आधारमा एउटा राहत प्याकेज कार्यक्रमको घोषणा भएको थियो र उक्त योजनाहरुलाइ प्रभावकारी ढंगबाट अगि बढाउनका लागि संयोजक रबिन्द्र खड्का ज्यूले हार्दिक अपिल गर्नु भएको थियो।

हाललाई आवश्यकतानुसार प्रत्येक विद्यार्थीलाई २ हप्ताका लागि खाद्यान्न उपलब्ध गराउने निर्णय अनुरुप आजसम्म ४५ जनालाई राहत प्याकेज वितरण गरिएको टास्क फ़ोर्सका संयोजक श्री शशि श्रेष्ठले जानकारी दिनु भएको छ र आवस्यकता परेमा फेरी पनि राहतका अन्य योजनाहरु अगि बढाउने उहाँ बताउनु हुन्छ।

अहिलेको समयमा घरबाट बाहिर निस्कन निकै नै डरलाग्दो अवस्था छ। यस्तो बिषम् परिस्थितिमा पनि हामीले राहत प्याकेजहरु समस्यामा परेका भाई बहिनीहरु माझ पुर्याउने जिम्वेवारी लिएका छौं । आगामी दिनमा समय अझै प्रतिकुल बन्दै गएमा सम्भब भए सम्म सुरक्षित तथा भरपर्दो तरिकाले राहत प्याकेज उपलब्ध गराइने व्यहोरा जानकारी गराउन चाहन्छौं ।

हाम्रो योजनासंग सम्बन्धित सम्पूर्ण बिद्यार्थी भाई बहिनीहरुले आँफुलाई अप्ठ्यारो परेमा एन आर एन ए युवा फ़ोरमका संयोजक श्री शशि श्रेष्ठ लगायत टास्क फोर्सका अन्य सदस्यहरुलाइ उहाँहरुको मोबाईल नंबरमा सम्पर्क गर्न गर्न सक्नु हुनेछ।

१) शशि श्रेष्ठ -२७५१७७१४
२) प्रकाश श्रेष्ठ- २२२२६९८३
३) रबि लामिछाने-२८१९३८६२
४) सुलभ आचार्य: ७१८५६७३३
५) परवेज-२२२२६९८३
६) जेह शर्मा- ५०१५५३७५
७) समिर तिमिल्सेना- ७१८७३०१३
८) सजिन श्रेष्ठ- ९१९२५९०८

ओडेन्स क्षेत्र
१) धन वहादुर चन्द- ५२९०१९५७
२) हीरालाल रिजाल-६०१७७७८३

ONLINE FORM

यस विषम परिस्थितिमा डेनमार्कबासी नेपाली दाजुभाई तथा दिदीबहिनीको सुस्वास्थ्यको कामना गर्दै डेनिस सरकारले निर्देशन दिए अनुसार घरमै बस्न र परेको बेलामा एक अर्कालाई सकेको सहयोग गर्न एन आर एन ए डेनमार्क हार्दिक अनुरोध गर्दछ। बिद्यार्थीहरुको समस्यालाइ हल गरि यस पबित्र अभियानमा सहयात्री बन्न चाहने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यबाद दिदैं यहाँहरुको सुझाव र सहयोगको निरन्तर अपेक्षा राख्दछौं।

यस पवित्र कार्य तथा निकट भविष्यमा गरिने यस्तै कार्यको लागि सहयोग गरिदिनुहुन समस्त डेनमार्कबासी दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गरिन्छ ।

मोवाईल पे सम्बन्धि बैधानिक प्रक्रिया पुरा नभई सकेकोले खातामानै रकम जम्मा गरि सहयोग गरि दिनु होला ।तपशिल बमोजिम को एनआरएन डेनमार्क को एकाउन्ट मा “Lockdown HELP” मेसेजमा लेखि यथासक्य आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
(No mobile pay)

Bank Details
(Nordea Bank )
Reg nr- 2128
Account- 4387231264
(NRNA- DENMARK )

विनित
ग़ैर आवासीय नेपाली संघ , डेनमार्क