भारतद्वारा अघोषित रुपमा गरिएको नाकावन्दीको विरोध

Published On: Friday, November 20, 2015 | Source: NRNA DENMARK

भारतद्वारा अघोषित रुपमा गरिएको नाकावन्दीको विरोध स्वरुप अाज गैरअावासीय नेपाली संघ, डेनमार्कको अगुवाईमा डेनमार्कमा अवस्थित सम्पुर्ण नेपाली राजनैतिक तथा सामाजिक संघ संस्था द्वारा संयुक्त रुपमा भारतीय राजदुतावास डेनमार्कमा शान्तिपुर्ण रुपमा प्रर्दशन गर्ने कार्यक्रम व्यापक जनसहभागिताका साथ भव्यरुपमा सम्पन्न भएको छ। अाजको यस कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नहुने डेनमार्कवासी नेपाली जनसमुदाय, डेनमार्कमा अवस्थित सम्पुर्ण राजनैतिक तथा सामाजिक संघ सस्थाहरु, पत्रकारहरु लगायत सबैमा गैरअावासीय नेपाली संघ, डेनमार्क हार्दिक धन्यवाद प्रकट गर्दछ।

गैरअावासीय नेपाली संघ, डेनमार्क