Lets help needy Nepalese Students


Lets help needy Nepalese Students

Source: NRNA DENMARK

४५ जना विद्यार्थीहरुलाई २ हप्ताका लागि खाद्यान्न वितरण


आवश्यकतानुसार प्रत्येक विद्यार्थीलाई २ हप्ताका लागि खाद्यान्न उपलब्ध गराउने निर्णय अनुरुप आजसम्म ४५ जनालाई राहत प्याकेज वितरण गरिएको टास्क फ़ोर्सका संयोजक श्री शशि श्रेष्ठले जानकारी दिनु भएको छ र आवस्यकता परेमा फेरी पनि राहतका अन्य योजनाहरु अगि बढाउने उहाँ बताउनु हुन्छ।

Source: NRNA DENMARK

विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना संक्रमणको विषम परिस्थितिमा कोहि पनी व्यक्ति भोकै बस्न नपरोस !!!


विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना संक्रमणको विषम परिस्थितिमा कोहि पनी व्यक्ति भोकै बस्न नपरोस !!! —————————————————— आज मिति २१ मार्च २०२० को एनआरएनए डेनमार्क अन्तर्गतको यूथ फ़ोरमको बैठक बसी समस्यामा परेका नयॉ बिद्दार्थी हरुको समस्या पहिचान र समाधानका उपायका बारेमा छलफल गर्र्दै बिद्दार्थी प्रतिनिधि सहित समस्यामा परेका नेपाली हरुलाई प्राथमिकता र आवश्यकतानुसार एनआरएनए मार्फत मानवीय सहयोग गर्ने निर्णय गरेको छ। मिति २० मार्च २०२० को एनआरएनए डेनमार्क को संयोजकत्व मा बसेको डेनमार्क स्थित सामाजिक तथा राजनैतिक संगठन सहितको बैठक को निर्णयको आधारमा आजको बैठकले डेनमार्कका बिभिन्न क्षेत्रमा रहि समस्यामा परेका बिद्दार्थी साथीहरुले सम्पर्क गर्नको लागि तपशिल बमोजिम संपर्क व्यक्तिहरु तोकेको छ : तपशिल (कोपेनहेगन क्षेत्र) १ . शशि श्रेष्ठ -२७५१७७१४ २ . प्रकाश श्रेष्ठ- २२२२६९८३ ३ . रबि लामिछाने-२८१९३८६२ ४ . सुलभ आचार्य: ७१८५६७३३ ५ . परवेज-२२२२६९८३ ६ . जेह शर्मा- ५०१५५३७५ ओडेन्स क्षेत्र १. धन वहादुर चन्द- ५२९०१९५७ २. हीरालाल रिजाल-६०१७७७८३ अन्तमा समस्यामा परेका साथीहरुले तत्काल आफ्नो समस्या संपर्क व्यक्तिहरु समक्ष पूर्याउनु होला। साथै डेनिश सरकारले दिएको कामदार सम्बन्धी सौलियतको लागि हरी न्यौपानेलाई संपर्क गर्नु होला। हरि न्यौपाने- २७८१५०८६ कठिन परिस्थितिमा सकेको एक अर्कामा सहयोग गरौं !! धन्यवाद शशि श्रेष्ठ यूवा संयोजक (NCC Denmark) ग़ैर आवासीय नेपाली संघ, डेनमार्क

Source: NRNA DENMARK