आदरणिय डेनमार्क बासी

Published On: Source: NRNA DENMARK

आदरणिय डेनमार्क बासी नेपाली दाजुभाई तथा दिदिवहिनिहरु गत ११ फेब्रुवरी २०१७ शनिवारका दिन डेनमार्कको राजधानी कोपनहेगनमा हाम्रा एक अनन्य मित्र प्रमोद अधिकारीको असमायिक निधनले सारा डेनमार्क वासी नेपाली समुदायलाई स्तब्ध एवम भाव विव्हल वनाएको छ I उहाँको आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आज वहाँको पार्थिव शरीरलाई कोपनहेगन वाट टर्किस एयरलाइन्स मार्फत नेपाल पठाउने काम भएको छ । यो छोटो समयमा उहाँको पार्थिव शरिरलाई नेपाल स्थित उहाँको परिवारलाई पठाउने क्रममा लाग्ने आर्थिक सहयोगका निम्ति आर्थिक राहत संकलन गर्न यहाँ स्थित संम्पुर्ण नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र नेपाली राजदुतावासको संयुक्त प्रयास वाट यो छोटो समयका बावजुद पनि उल्लेखिय रकम उपलब्ध भएको छ । उक्त सहयोग रकम संकलन गर्नका निम्ति सहयोग गर्नु हुने तमाम नेपाली दाजुभाई तथा दिदिवहिनिहरु, यहाँ स्थित सामाजिक एवम राजनैतिक संघ संस्थाहरु, नेपाली राजदुतावास डेनमार्क प्रति गैर आवासीय नेपाली संघ डेनमार्क हार्दिक आभार प्रकट गर्दछ । संकलित राहत रकमको संम्पुर्ण विवरणं साथै सहयोगिहरुको विवरणं सहित संम्पुर्ण खर्चको विवरणं समेत जति सक्दो चाँडो सार्वजनिक गर्ने छौं र बाँकी रहेको रकमको उचित व्यवस्थापनको निम्ति पुन:सम्पुर्ण संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरू र नेपाली राजदुतावास डेनमार्कको सामुहिक छलफलवाट यसको सहि ब्यवस्थापनको समेत निर्णय गरि सार्वजनिक गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
अन्त्यमा यस्तो समवेदनशिल अवस्थाको वारेमा ह्दय देखि नै मनन गरि हार्दिकताका साथ सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक, हार्दिक आभार प्रकट गर्दै आज वाट यो अभियान सार्वजानिक रूपमा वन्द गरिएको समेत जानकारी गराउँदछौ ।

गैर आवासीय नेपाली संघ डेनमार्क ।